सप्तरीमा पहिलाे पटक सिटीस्क्यान र आईसीयू सेवा शुरु हुने
सप्तरी : जिल्लामा पहिलोपटक सिटीस्क्यान र सघन उपचार कक्ष (आईसीयू) सेवा शुरु हुने भएको छ। रूपनी गाउँपालिकास्थित युनिक अस्पतालले सिटीस्क्यान मेसिन जडान गरेको अस्पतालका अध्यक्ष जयप्रकाश ठाकुरले जानकारी दिए। ठाकुरले पाँच भेन्टिलेटरसहितको आईसीयूर पाँच सीसीयू जडान गरिएको जानकारी दिए।
मेसिन नहुँदा सप्तरी जिल्लाका गम्भीर प्रकृतिका बिरामी आईसीयू सेवा र सिटीस्क्यान सेवा लिन विराटनगर र धरानस्थित अस्पतालमा जानुपर्ने बाध्यता थियो । गरीब, असहाय र विपन्नवर्गका बिरामीले अन्य जिल्लाको अस्पताल गई महँगोमा सिटीस्क्यान गराउन नसक्दा उनीहरू उपचारबाट वञ्चित हुनुपर्ने अवस्था अन्त्य भएको उनले बताए। आईसीयूको अभावमा ज्यान जोखिममा पर्ने सम्भावना हुने भयले सप्तरीस्थित अस्पतालले बिरामी अन्यत्र जिल्लामा पठाउने गर्ने गरेका छन्।
मस्तिष्काघातलगायत मस्तिष्कभित्रका अन्य चोट, नशामा रगत जमेको, घाँटीको समस्या, हड्डीको समस्या, पेटको समस्यालगायत सबै प्रकारका जटिल रोग पहिचान गर्न सिटीस्क्यान मेसिन उपयोगी हुने रेडियोलोजिष्ट डा. उज्ज्वल ठाकुरले जानकारी दिए।
जिल्लाका बिरामीलाई आवश्यक स्वास्थ्य सेवा लिन बाहिर जिल्ला जानु नपरोस् भन्ने उद्देश्यले सिटीस्क्यान र आईसीयू सेवा उपलब्ध गराउन खोजिएको डा. ठाकुरले जानकारी दिए। सञ्चालक ठाकुरले मुटुरोग, बालरोग, स्त्रीरोग विशेषज्ञ, जनरल सर्जन, जनरल फिजिसियन, अर्थोपेडिक, रेडियोलोजिष्ट, एनेस्थेसिया र छ मेडिकल अधिकृत जुटाएर सेवा विस्तार गर्न लागिएको बताए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण