Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

विशिष्टीकृत सेवा दिन खोलिएको सुशील कोइराला क्यान्सर अस्पतालमा दक्ष जनशक्ति अभाव

विशेषज्ञ नहुँदा भिडियो एक्सरे मेशिन समेत चल्दैन

विशिष्टीकृत सेवा दिन खोलिएको सुशील कोइराला क्यान्सर अस्पतालमा दक्ष जनशक्ति अभाव

नेपालगञ्ज:  बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा दक्ष जनशक्तिको अभावमा सेवा सूचारु गर्न समस्या आएको छ।

अस्पतालका कार्यकारी निर्देशक डा विश्वराम पौडेलले जनशक्तिको कमी भएको भन्दै भिडियो एक्सरे मेशिन समेत थन्केर बसेको बताए । उनले भने, बिरामी आउँछन् सामान्य भिडियो एक्सरे गर्न समेत बाहिर पठाउनुपरेको छ । मेशिन मात्र भएर भएन त्यसलाई चलाउने जनशत्ति पनि चाहियो ।

क्यान्सरबाट बितेका पूर्व प्रधानमन्त्री सुशील कोइरालाको नाममा रहेको उक्त अस्पताल स्थानीयको प्रयासमा बनेको भए पनि गगन थापा स्वास्थ्य मन्त्री भएका बेला सरकारले जिम्मा लिएको थियो । ३ वर्ष अघि नै भवन सम्पन्न भएको अस्पतालमा २०० जना कर्मचारीको दरबन्दीको आवश्यक भए पनि हाल जम्मा ५० जना मात्र छन ्। त्यसमा पनि दुई जना विशेषज्ञ सहित ४ जना मात्र चिकित्सक छन्।

जम्मा दुई जना विशेषज्ञले कसरी अस्पताल चलाउन सकिन्छ  निर्देशक पौडेलले प्रश्न गरे । भएका कर्मचारीलाई पनि तलब भत्ता ख्याउन नसकेको उनको भनाई छ । मध्य तथा सुदुर पश्चिमका सर्वसाधारणका लागि यो अस्पताल आशाको केन्द्र रहेको भए पनि सन्चालनमा ढिलाई हुँदा उनीहरु क्यान्सर उपचारका लागि भरतपुर, काठमार्डौं वा भारत तिर जान बाध्य छन ।

सरकारले यसलाई प्राथमिकतामा राखेर सन्चालन गर्नपर्नेमा डा पौडेलको जोड छ ।

दुई साता अघि किमोथेरापी दिन शुरु गरेको भए पनि यसमा खुशी हुनुपर्ने नभएको डा पौडेलको भनाई छ । क्यान्सर अस्पताल भनेपछि यहाँ शल्यक्रिया , किमो र रेडियोथेरापी सेवा हुनैपर्छ उनले भने । यो मध्ये एउटा सेवा दिन नसक्नु भनेको बिरामीलाई अन्याय गर्नु हो । किमो दिएको बिरामीलाई रेडियोथोपी लिन कहाँ जाउ भन्नु?

अहिले हाम्रो मुख्य समस्या नै विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मी नै हो । सानो शल्यक्रिया हामी आफै पनि गछौं तर बेहोस पारेर गर्नुपर्ने शल्यक्रियमा एनेस्थेसियोलोजिष्ट चाहिन्छ । जुन हामी सँग छैनन ।

 

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि