जिल्ला अस्पतालमा चिकित्सक पठाउन सांसदकाे माग
काठमाडाैं : राष्ट्रियसभाका सांसदले रुकुम पश्चिम जिल्ला अस्पतालमा दरबन्दीअनुसारको चिकित्सक तत्काल पठाउन माग गरेका छन्।
राष्ट्रियसभाको बिहीबारको बैठकको विशेष समयमा सांसद ठकेन्द्रप्रकाश पुरीले चिकित्सकको दरबन्दी भए पनि एक चिकित्सकको भरमा चलेको बताएका हुन्। अस्पताल प्रदेश सरकारले सञ्चालन गरे पनि सङ्घमार्फत त्यहाँ चिकित्सक पठाउन उनले माग गरे।
२०४५ मा स्थापना भएको सो अस्पताल शुरुमा १५ शय्याको थियो। हाल ३७ शय्याको सो अस्पतालमा दैनिक ३०० बिरामीले स्वास्थ्यसेवा लिन्छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?