Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

उपमहानगरपालिकाभित्रै डरलाग्दाे स्थितिमा कुपाेषण

उपमहानगरपालिकाभित्रै डरलाग्दाे स्थितिमा कुपाेषण

दाङ : घोराही उपमहानगरपालिका २ रामपुर स्वास्थ्य चौकीमा अहिले २६ जना शीघ्र कुपोषित बालबालिकाको उपचार भइरहेको छ। यस्तै ढिकपुर स्वास्थ्य चौकीमा १६ जना बालबालिका उपचाररत छन्।

घोराही क्षेत्रभित्र मात्रै ४२ जना बालबालिकामा कडा खालको कुपोषण देखा परेको स्वास्थ्य शाखाका प्रमुख नारायण घर्तीले बताए। घोराही उपमहानगर क्षेत्रमा तीन स्थानमा उपचार केन्द्र तोकेर शीघ्र कुपोषित बालबालिकाको उपचार गर्ने व्यवस्था मिलाइएको प्रमुख नरुलाल चौधरीले बताए। जिल्लाका १३ स्थानमा पोषण पुनःस्थापना केन्द्र स्थापना भएका छन्।

घोराही उपमहानगरपालिकामा तीन र तुलसीपुर उपमहानगरपालिकामा दुई वटा पोषण पुनःस्थापना केन्द्र तोकिएका छन् भने लमही नगरपालिकासहित सात वटा गाउँपालिकामा समेत पोषण पुनःस्थापना केन्द्र छन्।

१३ वटा पोषण पुनःस्थापना केन्द्रबाट अहिलेसम्म तीनसय जना शीघ्र कुपोषित बालबालिकाको उपचार गराइसकेको सुआहारा कार्यक्रमका जिल्ला कार्यक्रम संयोजक सुरज शर्माले बताए। ‘दाङमा करीव ४५ हजार बालबालिका छन्, त्यसमध्ये एक हजार २०० बालबालिका शीघ्र कुपोषित भएको तथ्याङ्क छ’, शर्माले भने, ‘दुई प्रतिशत बालबालिकामा शीघ्र कुपोषण छ भने करिब १० प्रतिशत बालबालिकामा ख्याउटेपना रहेको सरकारकाे तथ्याङ्क छ।

घोराही उपमहानगरपालिकाको रामपुर र ढिकपुरमा उपचार गराइरहेका ४२ जना शीघ्र कुपोषित बालबालिकाको तथ्याङ्क हेर्दा थारु समुदायका बालबालिका बढी जोखिममा पर्ने गरेको पाइएको छ जसमध्ये २१ जना अर्थात ५० प्रतिशत बालबालिका थारु समुदायका छन्।

घोराहीको मात्र हैन, समग्र जिल्लाको अवस्था हेर्दा पनि थारु समुदाय, दलित तथा जनजाति समुदायका बालबालिकाहरुमा बढी कुपोषण देखिएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन