उपमहानगरपालिकाभित्रै डरलाग्दाे स्थितिमा कुपाेषण
दाङ : घोराही उपमहानगरपालिका २ रामपुर स्वास्थ्य चौकीमा अहिले २६ जना शीघ्र कुपोषित बालबालिकाको उपचार भइरहेको छ। यस्तै ढिकपुर स्वास्थ्य चौकीमा १६ जना बालबालिका उपचाररत छन्।
घोराही क्षेत्रभित्र मात्रै ४२ जना बालबालिकामा कडा खालको कुपोषण देखा परेको स्वास्थ्य शाखाका प्रमुख नारायण घर्तीले बताए। घोराही उपमहानगर क्षेत्रमा तीन स्थानमा उपचार केन्द्र तोकेर शीघ्र कुपोषित बालबालिकाको उपचार गर्ने व्यवस्था मिलाइएको प्रमुख नरुलाल चौधरीले बताए। जिल्लाका १३ स्थानमा पोषण पुनःस्थापना केन्द्र स्थापना भएका छन्।
घोराही उपमहानगरपालिकामा तीन र तुलसीपुर उपमहानगरपालिकामा दुई वटा पोषण पुनःस्थापना केन्द्र तोकिएका छन् भने लमही नगरपालिकासहित सात वटा गाउँपालिकामा समेत पोषण पुनःस्थापना केन्द्र छन्।
१३ वटा पोषण पुनःस्थापना केन्द्रबाट अहिलेसम्म तीनसय जना शीघ्र कुपोषित बालबालिकाको उपचार गराइसकेको सुआहारा कार्यक्रमका जिल्ला कार्यक्रम संयोजक सुरज शर्माले बताए। ‘दाङमा करीव ४५ हजार बालबालिका छन्, त्यसमध्ये एक हजार २०० बालबालिका शीघ्र कुपोषित भएको तथ्याङ्क छ’, शर्माले भने, ‘दुई प्रतिशत बालबालिकामा शीघ्र कुपोषण छ भने करिब १० प्रतिशत बालबालिकामा ख्याउटेपना रहेको सरकारकाे तथ्याङ्क छ।
घोराही उपमहानगरपालिकाको रामपुर र ढिकपुरमा उपचार गराइरहेका ४२ जना शीघ्र कुपोषित बालबालिकाको तथ्याङ्क हेर्दा थारु समुदायका बालबालिका बढी जोखिममा पर्ने गरेको पाइएको छ जसमध्ये २१ जना अर्थात ५० प्रतिशत बालबालिका थारु समुदायका छन्।
घोराहीको मात्र हैन, समग्र जिल्लाको अवस्था हेर्दा पनि थारु समुदाय, दलित तथा जनजाति समुदायका बालबालिकाहरुमा बढी कुपोषण देखिएको छ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’