Health TV Online
Health TV Online

गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा बृहत् स्वास्थ्य शिविर

गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा बृहत् स्वास्थ्य शिविर

सप्तरी : नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको र नेपाली सेनाको आयोजनामा राजविराजमा साताव्यापी बृहत् स्वास्थ्य शिविर शुरु भएको छ। गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले बुधबार शिविर उद्घाटन गरेका हुन्।

उपप्रधानमन्त्री यादवले सप्तरीमा पनि सरकारले स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने निर्णय गरेको र मन्त्रिपरिषदबाट ऐनको मस्यौदा पारित भई काम अगाडि बढेको जानकारी दिए।

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले शिक्षा, स्वास्थ्य, गरीबी र बेरोजगारी हटाउन लगानी गर्ने प्रतिबद्धता जनाए। फागुन ७ गतेसम्म सञ्चालन हुने भने पनि बिरामीको चाप बढे शिविरको समयावधि थप गरिने अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा.चुमनलाल दासले बताए।

शिविरमा छाती, मुटु, हाडजोर्नी, दाँत, नाक, कान, घाँटी, आँखा, छाला, स्त्रीरोग विशेषज्ञले उपचार गरिरहेका छन्। १२६ विशेषज्ञ चिकित्सकसहितको टोलीले एकै स्थानमा थुप्रै रोगको उपचार गर्न थालेपछि सप्तरी, सिरहा, उदयपुर, सुनसरी तथा छिमेकी मुलुक भारतको विहारबाट समेत बिरामी सेवा लिन आएको बताइएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार