Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

पदाधिकारी नियुक्तिको माग गर्दै न्याम्सका कर्मचारी आन्दोलित

पदाधिकारी नियुक्तिको माग गर्दै न्याम्सका  कर्मचारी आन्दोलित

 काठमाडौं: चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का पदाधिकारी तत्काल नियुक्तिको माग राख्दै  कर्मचारीहरु आन्दोलनमा उत्रेका छन्।

पदाधिकारीको नियुक्ति टुंगो नलाग्दा न्याम्स सहित वीर र ट्रमा सेन्टरको काम कारवाही प्रभावित भएको भन्दै कर्मचारी युनियनले बुधबारदेखि एक घण्टा धर्नाको कार्यक्रम समेत सुरु गरेकाछन्। युनियनका सचिव दीपक मुडभरीले न्याम्सका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओली र सहकुलपति एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवको ध्यानाकर्षण गराउन आजबाट अनिश्चित कालिन एक घण्टे धर्ना शुरु गरेको बताए ।

न्याम्स १९० दिनदेखि पदाधिकारीविहीन छ । पदाधिकारी नियुक्ति गर्दा प्रतिष्ठान सेवा तर्फबाट कम्तिमा ५०  प्रतिशत पदाधिकारी नियुक्ति हुनुपर्ने माग समेत युनियनले अघि सारेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आज विश्व रेडक्रस दिवस मनाइँदै

आज विश्व रेडक्रस दिवस मनाइँदै