Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

विपत्तिका वेला अस्पताललाई पूर्वतयारी अवस्थामा राख्न सरकारले शुरु गर्यो अभ्यास

विपत्तिका वेला अस्पताललाई पूर्वतयारी अवस्थामा राख्न सरकारले शुरु गर्यो अभ्यास

नेपालगंजः विपत्तिका वेला अस्पतालले दिनुपर्ने आपतकालीन स्वास्थ्य सेवा कसरी दिन सक्छन् भन्ने जानकारी लिन र तयारी अवस्थामा राख्न सरकारले अभ्यास शुरु गरेको छ।

भविष्यमा आउन सक्ने विपत्ति र त्यसपछि अस्पतालमा एकैपटक आउने घाइतेको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनको सहयोगमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले परीक्षण शुरु गरेको हो। अभ्यासका लागि मृतक, अति गम्भीर, गम्भीर, सामान्य घाइते बनाएर अस्पताल पठाइएको थियो।

यही सेरोफेरोमा गत सोमबार भेरी प्रादेशिक अस्पताल र नेपालगञ्ज मेडिकल कलेजअन्तर्गतको अस्पतालमा पूर्व अभ्यास गरियो।

अभ्यास कार्यक्रममा दुईवटा गाडी ठोक्किएका कारण धेरै जना घाइते भएको र केहीको मृत्यु भएको दृश्य थियो।

भेरी अस्पतालको अभ्यास कार्यक्रममा त्यहाँ कार्यरत स्वास्थ्यकर्मीले इमर्जेन्सीमा आएका बिरामीलाई राम्ररी ‘डिल’ गर्न सकिरहेका थिएनन्। न त अस्पतालमा साइरन नै थियो। इमरजेन्सी कक्ष केही समयका लागि माछा बजार जस्तो बनेको थियो।

यस्तो आपतकालीन घटनामा अस्पतालले कसरी व्यवस्थापन गर्छन् भनेर हेर्न खोजिएको मात्र नभई उनीहरूलाई तयारी अवस्थामा राख्न पनि यो कार्यक्रम गरिएको हेल्थ इमरजेन्सी एण्ड डिजास्टर म्यानेजमेन्ट युनिट प्रमुख चूडामणि भण्डारीले बताए। ‘मध्य तथा सुदूर पश्चिम भूकम्पको जोखिममा छ भनिएकाे छ ।  त्यसैले पनि हामीले यी क्षेत्रका अस्पताललाई तयारी अवस्थामा राख्न विभिन्न कार्यक्रम शुरु गरेका हौँ’, उनले भने, ‘जसअन्तर्गत यो अभ्यास पनि एक हो।’

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रूपानन्द अधिकारीले यस्ता घटना हुँदा कसरी तयारी हुने भन्ने विषयमा यो अभ्यास ठूलो सिकाइ भएको बताए।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि