Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

गर्भवती र सुत्केरीलाई बचाउन गण्डकी प्रदेशमा ‘एयर लिफ्टिङ’

गर्भवती र सुत्केरीलाई बचाउन गण्डकी प्रदेशमा ‘एयर लिफ्टिङ’

पोखरा : गण्डकी प्रदेश सरकारले गर्भवती र सुत्केरी महिलाको ज्यानै जोखिममा परेको खण्डमा ‘एयर लिफ्टिङ’ गरेर सुविधा सम्पन्न अस्पतालमा उपचारका लागि पुर्याउने भएको छ।

मंगलबार बसेको प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले ज्यान जोखिममा परेका महिलालाई अस्पतालसम्म पुर्याउने खर्च सरकारले व्यहोर्ने निर्णय गरेको हो।

गर्भवती र सुत्केरी महिलाको ज्यान बचाउनेसम्बन्धीको कार्यविधिसमेत मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले जानकारी दिए।

‘गर्भवती र सुत्केरी महिलालाई जटिलता व्यवस्थापनका लागि सुविधासम्पन्न अस्पतालमा एयरलिफ्ट गर्ने, कार्यविधि’ अनुसारसम्बन्धी स्वास्थ्य संस्थामा गएका गर्भवती र सुत्केरी महिलालाई थप उपचारका लागि अन्यत्रै पठाउने गरेमा सम्बन्धित स्वास्थ्य संस्थाले प्रदेशस्तरमा गठित सिफारिस समितिलाई जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि