गर्भवती र सुत्केरीलाई बचाउन गण्डकी प्रदेशमा ‘एयर लिफ्टिङ’
पोखरा : गण्डकी प्रदेश सरकारले गर्भवती र सुत्केरी महिलाको ज्यानै जोखिममा परेको खण्डमा ‘एयर लिफ्टिङ’ गरेर सुविधा सम्पन्न अस्पतालमा उपचारका लागि पुर्याउने भएको छ।
मंगलबार बसेको प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले ज्यान जोखिममा परेका महिलालाई अस्पतालसम्म पुर्याउने खर्च सरकारले व्यहोर्ने निर्णय गरेको हो।
गर्भवती र सुत्केरी महिलाको ज्यान बचाउनेसम्बन्धीको कार्यविधिसमेत मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले जानकारी दिए।
‘गर्भवती र सुत्केरी महिलालाई जटिलता व्यवस्थापनका लागि सुविधासम्पन्न अस्पतालमा एयरलिफ्ट गर्ने, कार्यविधि’ अनुसारसम्बन्धी स्वास्थ्य संस्थामा गएका गर्भवती र सुत्केरी महिलालाई थप उपचारका लागि अन्यत्रै पठाउने गरेमा सम्बन्धित स्वास्थ्य संस्थाले प्रदेशस्तरमा गठित सिफारिस समितिलाई जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य