Health TV Online
Health TV Online

नेपालमा थाेरैले मात्र प्रयाेग गर्छन् कण्डम

नेपालमा थाेरैले मात्र प्रयाेग गर्छन् कण्डम

काठमाडौं : यौन सम्पर्कका लागि सबैभन्दा सुरक्षित मानिएको कण्डम नेपालमा न्यूनरूपमा प्रयोग हुने गरेको पाइएको छ।

अन्तर्राष्ट्रिय कण्डम दिवसबारे जानकारी दिन राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले सोमबार गरेको पत्रकार सम्मेलनमा नेपालमा आठ प्रतिशत पुरुषले मात्र प्रयोग गर्ने गरेको जानकारी दिइएको हो।

केन्द्रको तथ्याङ्कअनुसार नेपालमा ३१ हजार २० एचआइभी संक्रमण भएका मानिस छन्। तीमध्ये पुरुष १९ हजार २० र महिला १२ हजार छन्। नेपालमा ७७ प्रतिशत एचआईभी संक्रमण कण्डमबिना गरिएको यौनसम्पर्कबाट सर्ने गरेको छ। नेपालमा कण्डमलगायत परिवार नियोजनको साधन प्रयोग गर्ने ४३ प्रतिशत छन्।

फेब्रुअरी १३ मा विश्वभरि नै सही तरिकाले कण्डमको प्रयोग गरी सुरक्षित यौन सम्पर्कबारे जनचेतना फैलाउनका लागि कण्डम दिवस मनाइन्छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन