नेपालमा थाेरैले मात्र प्रयाेग गर्छन् कण्डम
काठमाडौं : यौन सम्पर्कका लागि सबैभन्दा सुरक्षित मानिएको कण्डम नेपालमा न्यूनरूपमा प्रयोग हुने गरेको पाइएको छ।
अन्तर्राष्ट्रिय कण्डम दिवसबारे जानकारी दिन राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले सोमबार गरेको पत्रकार सम्मेलनमा नेपालमा आठ प्रतिशत पुरुषले मात्र प्रयोग गर्ने गरेको जानकारी दिइएको हो।
केन्द्रको तथ्याङ्कअनुसार नेपालमा ३१ हजार २० एचआइभी संक्रमण भएका मानिस छन्। तीमध्ये पुरुष १९ हजार २० र महिला १२ हजार छन्। नेपालमा ७७ प्रतिशत एचआईभी संक्रमण कण्डमबिना गरिएको यौनसम्पर्कबाट सर्ने गरेको छ। नेपालमा कण्डमलगायत परिवार नियोजनको साधन प्रयोग गर्ने ४३ प्रतिशत छन्।
फेब्रुअरी १३ मा विश्वभरि नै सही तरिकाले कण्डमको प्रयोग गरी सुरक्षित यौन सम्पर्कबारे जनचेतना फैलाउनका लागि कण्डम दिवस मनाइन्छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?