Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

थपिए कुष्ठराेगी

थपिए कुष्ठराेगी

डडेल्धुरा : सरकारले सन् २०१० मा कुष्ठरोग निवारण भएको घोषणा गरे पनि प्रत्येक वर्ष कुष्ठरोगका नयाँ बिरामी थपिँदै गएका छन्।

डडेल्धुरामा मात्रै प्रत्येक वर्ष ३–४ जनामा कुष्ठरोग देखिने गरेको यहाँको उपक्षेत्रीय अस्पतालले जनाएको छ। अस्पतालले पाँच वर्षको अन्तरालमा ९३ कुष्ठरोगीको उपचार गरेको जनाएको छ।

गत पुस महीनासम्ममा डडेल्धुरामा तीन जनामा कुष्ठरोग देखा परेका उपक्षेत्रीय अस्पतालका टिभी ल्याप्रोसी सुपरभाइजर तारादत्त पन्तले जानकारी दिए। गत पुससम्ममा १२ जनामा सङ्क्रमण देखिएको थियो। ‘कुनै महिना पाँचजनामा पनि कुष्ठरोगको सङ्क्रमण पाइने गरेको छ’, सुपरभाइजर पन्तले भने।

गत वर्ष १८ जनामा कुष्ठरोगको सङ्क्रमण देखिएपछि अस्पतालमा उपचार सम्भव नभएकाले पछि विषेशज्ञ चिकित्सकीय उपचारका लागि आठ जनालाई अन्यत्र सिफारिस गरिएको पन्तले जानकारी दिए। यो वर्ष पनि तीनजनालाई उपचारका लागि अन्यत्र पठाएको उनले बताए।

शुरुवाती लक्षण र बिरामीलाई शङ्का उत्पन्न हुनेवित्तिकै अस्पताल जाँच गर्न आउने गरेका कारण उपचार सहज भएको चिकित्सक बताउँछन् । जाँच गर्न अस्पताल आउँदा प्रत्येक वर्ष १८–२० को सङ्ख्यामा कुष्ठरोग देखिने गरेको उपक्षेत्रीय अस्पताल डडेल्धुराको तथ्याङ्कले देखाएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन