थपिए कुष्ठराेगी
डडेल्धुरा : सरकारले सन् २०१० मा कुष्ठरोग निवारण भएको घोषणा गरे पनि प्रत्येक वर्ष कुष्ठरोगका नयाँ बिरामी थपिँदै गएका छन्।
डडेल्धुरामा मात्रै प्रत्येक वर्ष ३–४ जनामा कुष्ठरोग देखिने गरेको यहाँको उपक्षेत्रीय अस्पतालले जनाएको छ। अस्पतालले पाँच वर्षको अन्तरालमा ९३ कुष्ठरोगीको उपचार गरेको जनाएको छ।
गत पुस महीनासम्ममा डडेल्धुरामा तीन जनामा कुष्ठरोग देखा परेका उपक्षेत्रीय अस्पतालका टिभी ल्याप्रोसी सुपरभाइजर तारादत्त पन्तले जानकारी दिए। गत पुससम्ममा १२ जनामा सङ्क्रमण देखिएको थियो। ‘कुनै महिना पाँचजनामा पनि कुष्ठरोगको सङ्क्रमण पाइने गरेको छ’, सुपरभाइजर पन्तले भने।
गत वर्ष १८ जनामा कुष्ठरोगको सङ्क्रमण देखिएपछि अस्पतालमा उपचार सम्भव नभएकाले पछि विषेशज्ञ चिकित्सकीय उपचारका लागि आठ जनालाई अन्यत्र सिफारिस गरिएको पन्तले जानकारी दिए। यो वर्ष पनि तीनजनालाई उपचारका लागि अन्यत्र पठाएको उनले बताए।
शुरुवाती लक्षण र बिरामीलाई शङ्का उत्पन्न हुनेवित्तिकै अस्पताल जाँच गर्न आउने गरेका कारण उपचार सहज भएको चिकित्सक बताउँछन् । जाँच गर्न अस्पताल आउँदा प्रत्येक वर्ष १८–२० को सङ्ख्यामा कुष्ठरोग देखिने गरेको उपक्षेत्रीय अस्पताल डडेल्धुराको तथ्याङ्कले देखाएको छ।
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य