Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

अस्पताल भवन छ, चिकित्सक छैनन्

अस्पताल भवन छ, चिकित्सक छैनन्

वीरगञ्ज : पर्साको पोखरिया नगरपालिकास्थित पोखरिया अस्पताल भवन निर्माण भएको ६ वर्ष बितिसक्दा समेत शल्यक्रिया कक्ष सञ्चालनमा आउन सकेको छैन ।

अस्पतालमा आधुनिक शल्यक्रिया कक्ष छ तर, त्यहाँ शल्यक्रिया हुँदैन। शल्यक्रिया कक्षको च्यानल गेटमा ताल्चा लगाएर राखिएको छ। शल्यक्रिया कक्ष काम नलाग्ने अवस्थामा पुगेर त्यसको प्रयोग नभएको भने होइन।

तत्कालीन प्राथमिक स्वास्थ्य केन्द्र पोखरिया रहेको स्थानमा दुई करोड ५० लाख ८८ हजार रूपैयाँ लागतमा भवन निर्माण गरी ०६९ साल पुसमा अस्पतालका रूपमा स्तरोन्नति गरिएको थियो।

अस्पतालमा सर्जन डाक्टर नभएका कारण शल्यक्रिया विभाग सञ्चालनमा आउन नसकेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. अनिल यादवले बताए। ‘साउनदेखि असोजसम्म चार महिनामा अस्पतालमा ६ सय जना महिलाको नर्मल डेलिभरी भएकाे छ । तर, अप्रेसन थिएटर सञ्चालनमा ल्याउन नसक्दा हप्तामा कम्तीमा १० वटा ‘डेलिभरी केस’ नै ‘रिफर’ गर्नु परेको उनले बताए।

भौतिक संरचना राम्रो भए पनि स्थानीय सरकार गठन भएको दुई वर्ष बित्न लागिसक्दा पनि अस्पतालको अवस्थामा खासै सुधार आउन सकेको छैन। अस्पतालको एक्स रे मेसिन बिग्रिएको एक महिनापछि केही दिन अघिमात्रै सञ्चालनमा आएको थियो ।

पोखरिया अस्पतालबाट प्रभावकारी सेवा नपाउँदा पर्साको ग्रामीण क्षेत्रका बासिन्दा उपचारका लागि वीरगञ्ज वा सीमावर्ती भारतीय शहर जान बाध्य छन्।

१५ बेडको पोखरीया अस्पतालको ओपीडीमा दैनिक एक सय जना जति बिरामीहरु आउने गरेका छन्। कहिलेकाहीँ बिरामीको संख्या दुई सयसम्म पुग्ने गरेको । यो अस्पतालमा पोखरीया नगरपालिकाका साथै पर्साको ग्रामीण भेगका २० वटा गाउँका बिरामीले उपचार सेवा लिने गरेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन