Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

एक चिकित्सकले हेर्नुपर्छ एक हजार दुई सय बिरामी

एक चिकित्सकले हेर्नुपर्छ  एक हजार दुई सय बिरामी

काठमाडाैं : देशभर हाल २३ हजार ७५१ डाक्टर छन्। नेपाल मेडिकल काउन्सिलका अनुसार २१ हजार ३३ मेडिकल डाक्टर, २ हजार ७१८ डेन्टल डाक्टर छन्। पुरुष डाक्टरको संख्या १४ हजार १२६ र महिला डाक्टरको संख्या ६ हजार ९०७ छ।

याे हिसाबले एक डाक्टरले एक हजार दुई सय नागरिकले उपचार सेवा लिनुपर्ने बाध्यता छ। केन्द्रीय तथ्यांक विभागको पछिल्लो तथ्यांकअनुसार नेपालको कुल जनसंख्या तीनकरोडभन्दा  बढी छ। यसरी हेर्दा एउटा डाक्टरको भरमा एक हजार दुई सय नागरिक पर्छन्। बिरामीको अनुपातमा डाक्टरको संख्या न्यून हुँदा बिरामीहरूलाई उपचार सेवामा समस्या हुने गरेको छ।

बिरामीको चाप अस्पतालमा भए पनि पर्याप्त दरबन्दी पूर्ति हुन सकेको छैन। सरकारले एक स्थानीय तह एक अस्पतालको नारा अघि सारे पनि कार्यान्वयनमा आउन सकेको छैन।

७५३ स्थानीय तह रहे पनि दुई हजारदेखि दुई  हजार पाँचसयको हाराहारीमा मात्रै चिकित्सकहरू सरकारी सेवामा कार्यरत छन्, जसकारण बिरामीहरू जिल्ला सदरमुकाम धाउन बाध्य छन्।

बिरामीको चाप थेग्न डाक्टरहरूको दरबन्दी थप्नुपर्ने नेपाल चिकित्सक संघले जनाएको छ। अझै पाँच हजार दरबन्दी थप्नुपर्ने संघका महासचिव डा. लोचन कार्कीले बताउँछन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन