Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

सरकारी चिकित्सकमाथि प्रहरीको दमन, ३० जना चिकित्सक स्वास्थ्य मन्त्रालयबाट पक्राउ

सरकारी चिकित्सकमाथि प्रहरीको दमन,  ३० जना चिकित्सक स्वास्थ्य मन्त्रालयबाट पक्राउ

काठमाडौंः स्वास्थ्य मन्त्रालयमा शान्तिपूर्ण धर्नामा बसेका सरकारी चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ ।

सरकारी चिकित्सक संघका अध्यक्ष डा दिपेन्द्र पाण्डेले ३० जना भन्दा बढी चिकित्सकलाई प्रहरीले र्दुब्यवहार गर्दै पक्राउ गरेको हेल्थ टिभी अनलाइनलाई बताए। उनले भने, ‘हामी शान्तिपूर्ण धर्नामा  बसिरहेका थियाैं,एक्कासी प्रहरी आएर लठ्ठीले हान्न थाले। कतिपय साथीलाई बुटैबुटले हान्दा चोट समेत लागेको छ ।’

पक्राउ परेका चिकित्सकलाई प्रदर्शनीमार्गस्थित पुलिस क्लबमा राखिएको छ ।

कर्मचारी समायोजनका विषयलाई लिएर देशभरका सरकारी चिकित्सकहरू  संघकाे अगुवाइमा आन्दोलनमा उत्रिएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन