Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

स्केभिन नेचर केयर हस्पिटलले मनायाे १६औं वार्षिकोत्सव

स्केभिन नेचर केयर हस्पिटलले मनायाे १६औं वार्षिकोत्सव

काठमाडौं: ललितपुर बागडोलस्थित स्केभिन नेचर केयर हस्पिटलले १६औं वार्षिकोत्सव मनाएकाे छ।

अस्पतालले आयोजना गरेको १६औं वार्षिकोत्सव कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकारले योग तथा प्राकृतिक चिकित्सालाई प्रवर्धन गनुपर्ने बताए । उनले पछिल्लो समय नसर्ने रोगको बिगबिगी भएका बेला योग तथा प्राकृतिक चिकित्साको महत्वपूर्ण भूमिका हुने भन्दै बुद्ध जयन्तीका दिन ध्यान दिवस मनाउन पहल गर्नुपर्ने बताए ।

कार्यक्रममा योग गुरु डा हरिप्रसाद पोखरेलले योग तथा प्राकृतिक चिकित्सा बिरामीलाई मात्र होइन,सबैलाई चाहिने भन्दै यसको महत्व बुझे स्वस्थ रहन सकिने बताए । उनले सरकारले यसलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।

नेकपाकी सांसद पम्फा भुसालले प्राकृतिक चिकित्सा र एलोपेथिक उपचार पद्धतीलाई सँगसँगै लैजानुपर्ने बताईन। उनले चाइनाले जस्तै कम्बाइन्ड उपचार गर्न समेत सुझाव दिइन्।

अस्पतालका अध्यक्ष मनोज थापाले १६ वर्ष अघि सानो क्लिनिकबाट शुरु भएको स्केभिन नेचर केयर हस्पिटलमा हाल योग तथा प्राकृतिक सम्बन्धी सम्पूर्ण सेवा दिन सफल भएको बताए । उनले अस्पताललाई यहाँसम्म पुर्याउन सहयोग गर्ने सबैलाई धन्यबाद दिएका थिए ।

कार्यक्रममा अस्पतालकी मेडिकल डाइरेक्टर डा दिपा पाण्डेले स्वागत मन्तब्य राखेकी थिइन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन