प्रतिनिधिसभा बैठकमा सांसदले भने, सुर्ती र गुट्खा निषेध गराैँ
काठमाडौं : नेकपाका सांसद महेश बस्नेतले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने सुर्ती र गुट्खा निषेध गर्न माग गरेका छन्।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा शून्य समयमा सांसद बस्नेतले बाग्मती, हनुमन्ते, मनोहरा लगायतका नदी सफाइका सयौँ हप्ता पुग्दासम्म पनि प्लास्टिकका खोल, गुट्खा र सुर्ती खोल नरित्तिएको बताए। मानव स्वास्थ्यलाई ख्याल गर्दै सुर्ती र गुट्खा निषेध गर्नुपर्ने उनको भनाइ छ।
उनले चाउचाउ लगायतका प्लास्टिकजन्य पदार्थले वातावरण प्रदूषण बढाएकाे भन्दै यसमा अतिरिक्त मूल्य लगाउनुपर्ने बताए। सांसद बस्नेतले १५ रुपैयाँ भए १६ रुपैयाँ मूल्य बनाउनुपर्ने र एक रुपैयाँ खोल फिर्ता गरेपछि दिनुपर्ने व्यवस्था लागु गर्न माग गरे।
उनले प्लास्टिकजन्य वस्तुमा प्रतिबन्ध लगाए सडक र खोला नदी सफा हुने बताए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?