Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

रक्तसञ्चार केन्द्र स्थापना गर्न सहयोग

रक्तसञ्चार केन्द्र स्थापना गर्न सहयोग

सङ्खुवासभा : सदरमुकाम खाँदबारीमा रहेको सिर्जनशील सामुदायिक विकास केन्द्रले रक्तसञ्चार केन्द्र स्थापना गर्न रकम सहयोग गरेको छ ।

एकादशी बजारमा चिया बेचेर सङ्कलन गरेको २९ हजार ५८५ रूपैयाँ जिल्लामा रक्तसञ्चार केन्द्रका लागि सहयोग गरेको हो। रक्तसञ्चार दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रममा केन्द्रकी अध्यक्ष राधा बस्नेतले उक्त रकम रेडक्रस सभापति सरोज बज्राचार्यलाई हस्तान्तरण गरिन्।

उनले एकादशी बजारमा जनचेतना जगाउँदै चिया बेचेर रकम सङ्कलन गरिएको बताइन्। रेडक्रसले रक्तसञ्चार दिवसका अवसरमा १५० भन्दा बढीको ‘ब्लड ग्रुपिङ’ गरेको थियो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार