रक्तसञ्चार केन्द्र स्थापना गर्न सहयोग
सङ्खुवासभा : सदरमुकाम खाँदबारीमा रहेको सिर्जनशील सामुदायिक विकास केन्द्रले रक्तसञ्चार केन्द्र स्थापना गर्न रकम सहयोग गरेको छ ।
एकादशी बजारमा चिया बेचेर सङ्कलन गरेको २९ हजार ५८५ रूपैयाँ जिल्लामा रक्तसञ्चार केन्द्रका लागि सहयोग गरेको हो। रक्तसञ्चार दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रममा केन्द्रकी अध्यक्ष राधा बस्नेतले उक्त रकम रेडक्रस सभापति सरोज बज्राचार्यलाई हस्तान्तरण गरिन्।
उनले एकादशी बजारमा जनचेतना जगाउँदै चिया बेचेर रकम सङ्कलन गरिएको बताइन्। रेडक्रसले रक्तसञ्चार दिवसका अवसरमा १५० भन्दा बढीको ‘ब्लड ग्रुपिङ’ गरेको थियो ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण