नेता अधिकारीलाई ह्याम्स अस्पताल सारियाे
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीलाई ह्याम्स अस्पतालमा भर्ना गरिएको छ।
उहाँको श्वासप्रश्वासलगायतमा समस्या देखिएपछि मेडिसिटी अस्पतालबाट थप उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना गरिएको नेकपाका केन्द्रीय सदस्य सूर्य थापाले जानकारी दिए।
गत माघ २ गते अधिकारीको स्वास्थ्यमा समस्या आएपछि मेडिसिटीमा भर्ना गरिएको थियो। मेडिसिटी अस्पतालमा उपचारमा सुधार नभएपछि ह्याम्स अस्पतालमा पुनः भर्ना गरिएको उनले बताए।
ह्याम्स अस्पतालमा अधिकारीको डा. भगवान् कोइराला, डा. मनबहादुर केसी र डा. अर्जुन कार्कीलगायतका समूहले स्वास्थ्य उपचार गरिरहेको छ।
८२ वर्षीय अधिकारीको मुटु र फोक्सोमा समस्या देखिएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण