Health TV Online
Health TV Online

कर्मचारी समायाेजनमा संघमै परे स्वास्थ्यका सात उपसचिव

कर्मचारी समायाेजनमा संघमै परे स्वास्थ्यका सात उपसचिव

काठमाडाैं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको उपसचिवहरूको समायोजन सूची अनुसार स्वास्थ्य मन्त्रालय र मातहतका कार्यालयका सात उपसचिव संघमा परेका छन्।

बिहीबार सार्वजनिक सूची अनुसार स्वास्थ्य मन्त्रालयमा कार्यरत उपसचिव  रामहरि लामिछाने, बाबुराम खनाल, भक्तराज जोशी र लीलाराज पौडेल संघमा परेका हुन्।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका टेकराज अर्याल, स्वास्थ्य सेवा विभागका महेश पाण्डे र स्वास्थ्य निर्देशनालय कास्कीकी उमा गौतम कोइराला पनि संघमै परेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार