Health TV Online
Health TV Online

उपचाररत पत्रकारलाई आर्थिक सहयोग

उपचाररत पत्रकारलाई आर्थिक सहयोग

झापा : नेपाल पत्रकार महासंघ प्रदेश १ ले झापाका दुई पत्रकार र एक पत्रकारका परिवारलाई २५\२५ हजार रुपैयाँ सहयोग गरेको छ ।

प्रदेश महासंघले गत वर्ष मिर्गौला प्रत्यारोपणपछि उपचार गराइरहेका भद्रपुरका पत्रकार माया पकुवाल र दुवै मिर्गौला खराब भएर डायलसिस सेवा लिइरहेका पत्रकार अमृतलाल श्रेष्ठलाई २५\२५ हजार रुपैयाँ सहयोग गरेको हो। यस्तै क्यान्सरले निधन भएका पत्रकार सुभद्रा अधिकारीको परिवारलाई २५ हजार सहयोग गरिएको छ।

महासंघका प्रदेश अध्यक्ष विक्रम लुइँटेल, महासचिव विवेक गौतम र कोषाध्यक्ष चन्द्रकला भण्डारीले तीनै जनाको घरमा पुगेर रकम हस्तान्तरण गरेका हुन्। महासंघको संयोजनमा गत पुस ४ र ५ गते विराटनगरमा आयोजित अध्यक्षको राष्ट्रिय भेलाबाट बचत भएको रकम सहयोग गरेको अध्यक्ष लुइँटेलले जानकारी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार