उपचाररत पत्रकारलाई आर्थिक सहयोग
झापा : नेपाल पत्रकार महासंघ प्रदेश १ ले झापाका दुई पत्रकार र एक पत्रकारका परिवारलाई २५\२५ हजार रुपैयाँ सहयोग गरेको छ ।
प्रदेश महासंघले गत वर्ष मिर्गौला प्रत्यारोपणपछि उपचार गराइरहेका भद्रपुरका पत्रकार माया पकुवाल र दुवै मिर्गौला खराब भएर डायलसिस सेवा लिइरहेका पत्रकार अमृतलाल श्रेष्ठलाई २५\२५ हजार रुपैयाँ सहयोग गरेको हो। यस्तै क्यान्सरले निधन भएका पत्रकार सुभद्रा अधिकारीको परिवारलाई २५ हजार सहयोग गरिएको छ।
महासंघका प्रदेश अध्यक्ष विक्रम लुइँटेल, महासचिव विवेक गौतम र कोषाध्यक्ष चन्द्रकला भण्डारीले तीनै जनाको घरमा पुगेर रकम हस्तान्तरण गरेका हुन्। महासंघको संयोजनमा गत पुस ४ र ५ गते विराटनगरमा आयोजित अध्यक्षको राष्ट्रिय भेलाबाट बचत भएको रकम सहयोग गरेको अध्यक्ष लुइँटेलले जानकारी दिए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?