नेपाल औषधि लिमिटेडले हेमोडाइलासिस फ्लुड उत्पादन गर्ने
काठमाडौं : नेपाल औषधि लिमिटेडले आगामी मङ्सिरभित्र हेमोडाइलासिस कक्ष निर्माणसँगै हेमोडाइलासिस फ्लुडसमेत उत्पादन गर्ने घोषणा गरेको छ।
सरकारी संस्थानको क्षमता अभिवृद्धि कार्यक्रम कार्यान्वयनका सिलसिलामा उक्त कक्ष निर्माणसँगै हेमोडाइलासिस फ्लुड उत्पादन गर्न सरकारले दुई करोड ४० लाख अनुदान उपलब्ध गराएपछि संस्थाले त्यस्तो घोषणा गरेको हो ।
औषधि व्यवस्था विभागकै परिसरमा मिर्गौला रोगीका निम्ति अति आवश्यक हेमोडाइलासिस कक्ष निर्माण तथा फ्लुड उत्पादन गर्न उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले उक्त रकमको चेक लिमिटेडका निमित्त महाप्रबन्धक विजयश्रीरत्न बज्राचार्यलाई हस्तान्तरण गरे।
विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेको मापदण्डअनुसार सिटामोल र जीवनजल उत्पादन गर्दै आएको लिमिटेडले अब हेमोडाइलासिस फ्लुड उत्पादन गर्न सहज भएको छ।
त्यस अवसरमा मन्त्री यादवले हेमोडाइलासिस फ्लुडमा मुुलुकलाई आत्मनिर्भर बनाउन लिमिटेडले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताए। यस्तै वाणिज्य सचिव केदारबहादुर अधिकारीले नेपाली उत्पादनले स्वदेशी बजारमा स्थान ओगट्ने गरी औषधि उत्पादन गरेर लिमिटेडले आफूलाई स्थापित गराउनुपर्ने धारणा राखे।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’