फिलिपिन्सको राजधानीमा दादुरा ‘महामारी’
फिलिपिन्सको राजधानी मनिलामा दादुरा फैलिएपछि ‘महामारी’ घोषणा गरिएको छ। सरकारी अधिकारीले मनिलामा दादुरा महामारीको घोषणा गरेका हुन्।
तीव्र गतिमा दादुरा भाइरसको संक्रमण बिस्तार भएपछि महामारीकै अवस्था घोषणा गरेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। फेब्रअरी २ सम्ममा कम्तीमा ८६१ जनामा दादुराको संक्रमण भएको फिलिपिन्सको स्वास्थ्य मन्त्रालयले जनाएको छ। संक्रमण हुनेमा अधिकांश बालबालिका छन्।
अहिलेसम्म संक्रमणका कारण झण्डै ५० जनाको ज्यान गएको छ र त्यसमा अधिकांश बालबालिका छन्। दादुराविरुद्धको खोप नलगाएका २० लाख भन्दा बढी बालबालिका जोखिममा रहेको सरकारले जनाएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण