आँखा शिविरमा २३५ जनाले गराए जाँच
म्याग्दी : मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरस्थित मंगला माध्यमिक विद्यालयमा सम्पन्न निःशुल्क आँखा जाँच शिविरमा २३५ जनाले लाभ लिएका छन्।
म्याग्दी जेसीजको आयोजना तथा नेपाल रेडक्रस सोसाइटीअन्तर्गत सञ्चालित आँखा उपचार केन्द्र बेनी, म्याग्दीको प्राविधिक सहयोगमा बुधबार सम्पन्न शिविरमा विद्यालयका विद्यार्थी, शिक्षक र स्थानीयको आँखा परीक्षण गरिएको हो ।
शिविरबाट तीन विद्यार्थीको आँखामा समस्या देखिएका पहिचान भएपछि आँखा उपचार केन्द्र म्याग्दीमा सिफारिश गरिएको र एक हप्ताभित्रमा पावरवाला चश्मा निःशुल्क वितरण गरिने केन्द्रका प्राविधिक स्वास्थ्यकर्मी दिनेश बानियाँले जानकारी दिए।
म्याग्दी जेसीजका शाखा अध्यक्ष खम थापामगरको अध्यक्षतामा भएको कार्यक्रममा मंगला गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसीले औजार हस्तान्तरण गरी शिविरको उद्घाटन गरेका थिए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?