देशभरका सरकारी चिकित्सक काठमाडौंमा भेला हुँदै
काठमाडौं: देशभरका सरकारी चिकित्सक काठमाडौंमा भेला हुने भएका छन्। सरकारी चिकित्सक संघ नेपाल ‘गोदान’को आव्हानमा उनीहरु काठमाडौं आउने भएका हुन्।
संघले विगतमा सरकारसँग गरिएको सहमति विपरित समायोजन मान्य नहुने भन्दै दबाबमूलक कार्यक्रम गर्न सबैलाई काठमाडौं आउन आव्हान गरेको बताएको छ। संघ र स्वास्थ्य मन्त्रालयबीच गत पुस २९ गते सहमति भएको थियो। समायोजनको सन्दर्भमा भएको सहमति कार्यान्वयनमा सरकारले कुनै चासो नदिएको भन्दै संघले दवाब दिन सबै चिकित्सलाई केन्द्रमा भेला हुन आह्वान गरेको हो। संघका अध्यक्ष डा दिपेन्द्र पाण्डेले उनीहरु आउने क्रम जारी भएको बताएका छन्।
संघले विज्ञप्ति जारी गर्दै विगतको सहमति कार्यान्वयन नभए चिकित्सकलाई उच्च शिक्षा अध्ययन, तालिम -बृतिविकासमा दीर्घकालिन असर पर्ने साथै हालको दरवन्दी र संगठन संरचना अनुसार भए आफूभन्दा कनिष्ठ कर्मचारीको मातहतमा बस्नुपर्ने सरुवा र बढुवामा असर पर्ने लगायतका समस्या देखिने उल्लेख गरेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?