Health TV Online
Health TV Online
Health TV Online

न्याम्सको उपकुलपतिमा प्रा.डा. डीएन शाह

न्याम्सको उपकुलपतिमा प्रा.डा. डीएन शाह

काठमाडाैं : चिकित्सा राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपतिमा प्रा.डा. डीएन शाह नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उपकुलपतिका लागि सिफारिसमा परेका तीनजनामध्ये पहिलो नम्बरमा रहेका प्रा.डा. शाहलाई नियुक्त गरेको हो।

यसअघि उपकुलपतिका लागि स्वास्थ्य तथा जनसंख्यामन्त्रीको संयोजकत्वमा गठन भएकाे समितिले असोजमा तीनजनाको नाम सिफारिस गरेको थियो। छनोट समितिले एक नम्बरमा डा. डीएन शाह, दुईमा डा. ढुण्डी पौडेल र तीनमा डा. अजित रायमाझीको नाम सिफारिस गरेको थियो।

यसअघि न्याम्स भित्रैबाट उपकुलपति नियुक्ति गर्ने प्रचलन भए पनि यसपटक न्याम्सभन्दा बाहिर कार्यरत रहेकालाई भीसी नियुक्त गरिएको हो।

लामो समयसम्म शिक्षण अस्पतालमा काम गरेका डा. शाह हाल ग्राण्डी अस्पतालमा कार्यरत छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार