कैलालीमा स्वास्थ्य बिमा गर्ने एक लाख नाघे
टीकापुर : कैलालीमा स्वास्थ्य बीमा गर्नेको सङ्ख्या एक लाख नाघेको छ। २०७४ जेठदेखि माघ १० सम्म स्वास्थ्य बीमा गर्नेको सङ्ख्या एक लाख ३०८ पुगेको स्वास्थ्य बिमा बोर्ड कैलालीका दर्ता अधिकारी अनमोल रावलले जानकारी दिए।
बिमितको सङ्ख्या बढ्दै जाँदा यसको चाप अस्पतालमा पर्न थालेको छ। टीकापुर अस्पताललाई पहिलो सेवाविन्दु मानेर उपचार गर्ने बिमितको सङ्ख्या ४१ हजार नाघेको अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. नरेन्द्र खनालले बताए। अस्पतालमा कैलालीका आठ र बर्दियाका दुई स्थानीय तहबाट आउने बिरामीले उपचार लिइरहेका छन् ।
टीकापुर अस्पतालका व्यवस्थापक टेकराज भट्टका अनुसार विसं २०७५ साउनदेखि पुस मसान्तसम्म टीकापुर अस्पताल आएका जम्मा ३७ हजार ४३६ बिरामीमध्ये आठ हजार ५४६ (२३ प्रतिशत) बिमित बिरामी आएका छन् ।
बिमितले रु १६ लाख ५४ हजार बराबरको प्रयोगशाला सेवा, एक्सरे, चिरफारको सेवा र २० लाख २४ हजार रूपैयाँको औषधि बीमाबाट उपभोग गरिसकेका छन्। यही अवधिका पाँच हजार ७४४ लाई निःशुल्क उपचार गरिएको छ । अस्पतालले ज्येष्ठ नागरिक, विपन्न, गरीब, अपाङ्गता भएका व्यक्ति, स्वयंसेवक, एचआइभी सङ्क्रमितको उपचार निःशुल्क गर्दै आएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?