नयाँ दिल्लीमा स्वाइन फ्लुले एक महिनामा ११ जनाको मृत्यु
भारतको राजधानी नयाँ दिल्लीमा स्वाइन फ्लुका कारण याे वर्ष ११ जनाको मृत्यु भएको छ। दिल्लीको राज्य सरकारका अनुसार सन् २०१९ काे अहिलेसम्म स्वाइन फ्लुबाट ११ जनाले ज्यान गुमाएका हुन्।
गत वर्ष स्वाइन फ्लुका बिरामीको संख्या २०५ रहेको र दुई जनाको मृत्यु भएको थियो। याे वर्ष उक्त संख्या निकै धेरै रहेको बताइएको छ।
जनवरी २९ सम्म स्वाइन फ्लुका बिरामीको संख्या ५१२ रहेकोमा करिब एक हप्ताको समयमा बिरामीको संख्यामा दोब्वर देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।




नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?