चिकित्सकको दरबन्दी केन्द्रअन्तर्गत राख्न संघकाे माग
काठमाडौं : नेपाल चिकित्सक संघले स्वास्थ्य सेवाका कर्मचारी समायोजन गर्दा चिकित्सकको दरबन्दी संघअन्तर्गत नै राखेर प्रदेश र स्थानीय तहमा खटाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको ध्यानाकर्षण गरेको छ।
स्वास्थ्य सेवाजस्तो अति संवेदनशील क्षेत्रमा काम गर्ने चिकित्सकको ज्ञान, क्षमता र वृद्धि विकासका लागि संघमा आउनुपर्ने भएकाले स्वास्थ्य संस्थामा पुल दरबन्दी कायम गरी प्रदेश तथा स्थानीय तहको आवश्यकताअनुसार निश्चित समयावधिका लागि काज खटाउने व्यवस्था सुनिश्चित गरेर मात्र समायोजनको प्रक्रिया अगाडि बढाउन संघले मंगलबार विज्ञप्तिमार्फत मन्त्रालयको ध्यानाकर्षण गरेको हो।
सङ्घका महासचिव डा. लोचन कार्कीद्वारा जारी विज्ञप्तिमा स्थानीय तथा प्रदेशिक संरचनाअनुसार स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकलाई सङ्घअन्तर्गतका स्वास्थ्य संस्थामा सरुवा हुन पाउनुपर्ने प्रावधानको व्यवस्था गरी स्थानीय तह तथा प्रादेशिक तहमा चिकित्सकलाई पठाउन अनुरोध गरिएको छ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य