मोतियाविन्दुरहित उपमहानगरपालिका बनाउने अभियान
तुलसीपुर : मोतियाविन्दुरहित उपमहानगरपालिका बनाउने अभियान शुरु भएको छ। यसका लागि आँखा जाँच र आँखा शिविर सञ्चालन गर्न यहाँको आँखा अस्पताल र तुलसीपुर उपमहानगरपालिकाबीच सोमबार सम्झौता भएको छ।
जिल्लामा रहेका १० स्थानीय तहमा देखिएको दृष्टिविहीनता समस्यालाई हटाउन स्थानीय सरकारलाई सहयोग पुर्याउने उद्देश्यले नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जअन्तर्गत सञ्चालित राप्ती आँखा अस्पतालले ‘मोतियाविन्दुको निःशुल्क शल्यक्रिया तथा उपचार सेवा कार्यक्रम’ सञ्चालन गर्नेसम्बन्धी सम्झौता गरेको हो। संघका अध्यक्ष कृष्णकुमार गिरी र नगरप्रमुख घनश्याम पाण्डेबीच सो सम्बन्धी सम्झौता भएको हो।
आर्थिक वर्ष २०७५\७६ बाट सञ्चालन हुने कार्यक्रमअन्तर्गत आगामी पाँच वर्षभित्र १९ वटै वडामा आँखा जाँच गरी उक्त रोगका बिरामीको शल्यक्रिया गर्ने सहमति भएको नगरप्रमुख पाण्डेले जानकारी दिए। सो कार्यक्रम सञ्चालन गर्न उपमहानगरपालिकाले यो आर्थिक वर्षमा १५ लाख रूपैयाँ बजेट छुट्याएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण