आज विश्व क्यान्सर दिवस मनाइँदै
काठमाडौं : विश्व क्यान्सर दिवस, विश्वभर विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदै छ। हरेक वर्ष फेब्रुअरी ४ तारिखमा विश्वभर क्यान्सर दिवस मनाइन्छ।
यो वर्षको नारा ‘म आफ्नो लागि आफैँ संवाहक हुँ’ तय गरिएको छ। दिवसका सन्दर्भमा नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरिएका छन्।
नेपाल अर्बुद रोग निवारण संस्थाले विश्व क्यान्सर दिवसको अवसरमा सोमबार विभिन्न कार्यक्रम गर्दैछ। संस्थाले भक्तपुरस्थित क्यान्सर अस्पतालमा क्यान्सर रोगको निःशुल्क परीक्षण आयाेजना गरेको छ।
अव्यवस्थित जीवनशैली, खानपान र जीवनयापनका कारण पछिल्लो समय क्यान्सरका बिरामी बढेका छन्। विभिन्न अंगमा हुने क्यान्सरमध्ये बढी मानिसमा फोक्सोका क्यान्सर हुने गरेको छ। विश्वमै फोक्सोको क्यान्सरबाट बर्सेनि लाखौँ मानिसको मृत्यु हुने गरेको तथ्यांक छ।
विश्वमा हरेक वर्ष एक करोड ८१ लाख नयाँ क्यान्सर रोगी थपिने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांकले देखाएको छ, जसमा ९० लाखको मृत्यु हुने बताइएको छ।
नेपालमा मात्रै हाल ६० हजार क्यान्सरका बिरामी रहेको अनुमान छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?