मनमोहन पोलिटेक्निकलाई प्राविधिक विश्वविद्यालय बनाउन सुझाव
विराटनगर : प्राविधिक विश्वविद्यालय स्थापना अध्ययन कार्यदलले मनमोहन स्मृति पोलिटेक्निकलाई प्राविधिक विश्वविद्यालय बनाउन सकिने निष्कर्ष निकालेको छ ।
प्राविधिक विश्वविद्यालय स्थापना अध्ययन कार्यदलले आफ्नो प्रतिवेदन सोमबार मुख्यमन्त्री शेरधन राईलाई बुझाएको हाे।
मोरङको बुढीगंगा गाउँलालिकामा ४ मा रहेको मनमोहन स्मृति पोलिटेक्निकमा २१ विघा दुई कट्ठा आठ धुर क्षेत्रफलमा प्रयोगशाला, विद्यार्थी आवाससहित भवन उपलब्ध छ।
प्राविधिक शिक्षातर्फ सिभिल, कम्प्युटर, इलेक्ट्रिोनिक्स, मेकानिकलको स्नातक तहका कार्यक्रम सञ्चालन गर्न न्युनतम शिक्षक, कक्षाकोठा र प्रयोगशाला छ भने इन्जिनियरिङ्तर्फ स्नातकोत्तर तहको अध्यापन गराउन सकिने प्रतिवेदनमा उल्लेख गरेको छ ।
विश्वविद्यालयलाई जग्गा चाहिए थप्न सकिने कार्यदलको निष्कर्ष छ । विश्वविद्यालय ऐन स्वीकृति भएपश्चात पाठ्यक्रम गर्न कार्यदलले सुझाव दिएको छ।
प्रतिवेदन बुझ्दै मुख्यमन्त्री राईले प्रादेशिक प्राविधिक विश्वविद्यालय स्थापनाका लागि काम अघि बढाउने बताए ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य