Health TV Online
Health TV Online
Health TV Online

अवैध औषधि पसल खोलेर बिरामी जाँच्ने भारतीय नागरिक पक्राउ

अवैध औषधि पसल खोलेर बिरामी जाँच्ने भारतीय नागरिक पक्राउ

झापा : सीमावर्ती बजारमा अवैध रूपमा औषधि पसल खोलेर बिरामी जाँच्ने एक भारतीय नागरिक पक्राउ परेका छन्।

भारत विहारस्थित किशनगञ्ज जिल्ला राजाग्राम बस्ने ३२ वर्षीय सागर सिंह पक्राउ परेको प्रहरी कार्यालय झापाका नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

सिंहले दक्षिणी झापाको कचनकवल गाउँपालिका २ पथरीया बजारमा औषधि व्यवस्था विभागको अनुमतिपत्र बिना औषधि पसल खोलेका थिए। उनले भारतबाट अवैध रूपमा औषधि ल्याउने गरेका थिए। नेपालमा बिरामी जाँची उनीहरूलाई बिक्री गर्दै आएका थिए।

सिंहलाई कारबाहीका लागि विराटनगरस्थित औषधि व्यवस्था विभागमा प्रहरीले पठाएको जनाएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार