प्राथमिक स्वास्थ्य केन्द्रमा २४ सै घण्टा आकस्मिक सेवा
कैलाली : गौरीगङ्गा नगरपालिकास्थित चौमाला प्राथमिक स्वास्थ्य केन्द्रमा २४ सै घण्टा आकस्मिक सेवा शुरु गरिएको छ।
चौमाला प्राथमिक स्वास्थ्य केन्द्रले अहिले भिडियो, एक्सरे, ईसीजी, फार्मेसी, आकस्मिकलगायतका सेवा शुरु गरेको मेडिकल अधिकृत डा अश्विनी चौहानले जानकारी दिनुभयो । उहाँका अनुसार आगामी दिनमा शव परीक्षण सेवा, दन्त सेवा र सर्पदंश सेवा विस्तार गर्ने लक्ष्य लिइएको छ।
सरकारको नीतिअनुसार हरेक स्थानीय तहमा एक अस्पताल हुनुपर्ने अवधारणाअनुसार सो केन्द्रलाई नै १५ शय्याको अस्पतालका रूपमा विस्तार गर्ने सोच बनाइएको डा. चौहानको भनाइ छ। आकस्मिक सेवामा एक डाक्टर, एक अहेब र एक कार्यालय सहयोगी राखिएको छ।
प्राथमिक स्वास्थ्य केन्द्रले फार्मेसी र आकस्मिक सेवा आन्तरिक स्रोतबाटै गरेको छ। आकस्मिक सेवा सञ्चालनका लागि केन्द्रले पाँच लाख र फार्मेसीका लागि तीन लाख रुपैयाँ आन्तरिक स्रोतबाट खर्च गरिरहेको जनाइएको छ।
प्राथमिक स्वास्थ्य केन्द्रलाई आर्थिक वर्ष २०७४\७५ मा गौरीगङ्गा नगरपालिकाले एम्बुलेन्स खरीदका लागि ११ लाख विनियोजन गरेको नगरप्रमुख भीमबहादुर देउवाले जानकारी दिए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?