नुवाकाेटमा ४४ जनाले पाए हाइड्रोसिलकाे उपचार
नुवाकोट : त्रिशूली जिल्ला अस्पतालले हाइड्रोसिलबाट ग्रसित ४४ जनाको उपचार गरेको छ। तीनदिने कार्यक्रम सञ्चालन गरी हाइड्रोसिलबाट ग्रसित ४४ जनाकोअस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट देवकी खतिवडाले जानकारी दिइन्।
अस्पतालले एक बिरामीको उपचारका लागि ६ हजार खर्च गरेको थियो। अस्पतालका अध्यक्ष अर्जुन न्यौपानेले अस्पतालले यस वर्ष शल्यक्रिया गर्न छुटेका र थाहा नपाएर अस्पताल नआएकाहरूलाई लक्ष्य गरी अर्को वर्ष पनि कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए।
जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख राममणि अधिकारीले जिल्लामा एक हजार ५०० भन्दा बढी मानिस हाइड्रोसिलबाट पीडित रहेको हुन सक्ने विभिन्न तथ्याङ्कबाट देखिएको बताए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?