निःशुल्क आँखा शिविरमा लिए एक हजार ५७५ ले सेवा
लम्की : कैलालीको लम्कीस्थित भुरुवामा आयोजित निःशुल्क आँखा उपचार शिविरमा एक दिनमा एक हजार ५७५ ले सेवा लिएका छन् ।
‘गाउँमा पहिलोपटक निःशुल्क शिविर आयोजना भयो, गाउँमै उपचार पाइने भएपछि स्थानीयवासीले खुशीसाथ उपचार गराएका छन्’, स्थानीयवासी देवानन्द जैसीले भने,‘यहाँका मानिस उपचार सेवा लिन टीकापुर या धनगढी जानुपर्ने बाध्यता छ।’
किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड लम्की र च्यारिटी अफ हेल्थ सोसाइटीको आयोजना तथा धनगढी नेत्रालयको प्रविधिक सहयोगमा आँखा शिविर आयोजना गरिएको हो
शिविरमा उपचार गराएका मध्ये २६२ लाई आँखाको मोतियाविन्दु र मासु पलाएको पाइएकाले थप उपचारका लागि निःशुल्क शल्यक्रिया गर्न धनगढी सिफारिश गरिएको छ। शिविरमा आँखा जाँच गर्न आएका ५९० लाई निःशुल्क चश्मासमेत वितरण गरिएको थियो।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?