स्वयंसेविकालाई मुखस्वास्थ्यसम्बन्धी तालिम
चितवन : मुखस्वास्थ्य शिक्षामा महिला स्वास्थ्य स्वयंसेविकाको भूमिकालाई मध्य नजर राख्दै उनीहरूलाई याेसम्बन्धी तालिम दिइएको छ। साईराम डेन्टल केयरले रत्ननगर नगरपालिकामा स्वास्थ्य स्वयंसेविकालाई तालिम दिएको हो।
सेन्टरकी निर्देशक डा. सरु थापाले स्वास्थ्य स्वयंसेविकाले गाउँघरमा गएर जनचेतना फैलाउन ठूलो भूमिका निर्वाह गर्ने विश्वासमा यो तालिम दिएको बताइन्।
‘देशका कुनाकाप्चामा काम गरिरहेका यी स्वयंसेविकालाई तालिम दिएर उनीहरूको क्षमता अभिवृद्धि गर्न सकिए उनीहरूमार्फत गाउँगाउँका आमाहरू पनि मुख स्वास्थ्यबारे जानकार हुन्छन्’, डा. थापाले भनिन्, ‘यसबाट बालबालिकाहरूमा दाँतसम्बन्धी समस्या घटाउन सकिन्छ।’
सन् १९८८ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुरु गरेको महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रम विश्वमै उदाहरणीय र सफल कार्यक्रमका रूपमा लिइन्छ। ‘हाम्रोजस्तो जटिल भौगोलिक बनावट भएको मुलुकमा दूरदराजसम्म खटिएका यी स्वयंसेविकाहरूले राज्यका स्वास्थ्य कार्यक्रम र गाउँका जनतालाई जोड्ने पुलको काम गरिरहेका छन्’, डा. थापाले भनिन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?