नेसनल हस्पिटलकाे निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
काठमाडौं: विश्व क्यान्सर दिवसको अवसर पारेर, नेसनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टर जावलाखेलले निःशुल्क शिविर सम्पन्न गरेको छ ।
शनिबार अस्पताल परिसरमा ‘बिरामी भएपछि होइन, बिरामी नहुँदै स्वास्थ्य परिक्षण गरौँ’ भन्ने नाराकासाथ शुरु भएको बृहत् स्वास्थ्य जाँच शिविरमा ४ ८७ जनाले स्वास्थ्य परीक्षण गरेको अस्पतालका प्रबन्ध निर्देशक प्राध्यापक श्यामकृष्ण जोशीले जानकारी दिए ।

बिहान ९ बजेट शुरु भएको शिविरमा विशेषज्ञ चिकित्सकद्वारा निःशुल्क स्वास्थ्य जाँच तथा परामर्श गरिएको थियो । शिविरमा विभिन्न विशिष्टीकृत जाँचहरुमा छुट समेत प्रदान गरिएको थियो । यसका साथै शिविरमा क्यान्सर लाग्ने कारण र बच्ने उपायका बारेमा समेत सचेतना कार्यक्रम गरिएको अस्पतालका अध्यक्ष डा. मदन पियाले जानकारी दिए ।

हरेक वर्ष फेब्रुअरी ४ तारिखमा विश्व क्यान्सर दिवस मनाइन्छ।




नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?