२४औँ दिनमा तोडियोे डा.केसीको १६औँ चरणको अनशन, फरक रूपमा लड्ने उद्घोष
काठमाडौं : प्रा. डा. गोविन्द केसीले १६औँ चरणकाे अनशन २४औँ दिनमा तोडेका छन्। शिक्षण अस्पताल महाराजगञ्जमा शुक्रबार साँझ आफ्ना प्रतिनिधिमार्फत पत्रकार सम्मेलन गरी डा. केसीले एकतर्फी रूपमा अनशन तोडेका हुन्।
उनलाई पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, पूर्वसभामुख दमननाथ ढुंगाना र अस्पतालमा सरसफाइ गर्ने एक कर्मचारीले जुस खुवाएर अनशन तोडाएका हुन्।
उनले शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गरी उनले आफ्नै स्वास्थ्यमा असहज अवस्था सिर्जना हुने, बिरामीले दुःख पाउने र राज्यले नसुन्ने अवस्था रहेकाले अनशन तोड्न बाध्य भएको प्रतिक्रिया दिए।
डा. केसीले प्रधानमन्त्री केपी शर्मा ओलीमा इमान र विश्वसनीयताको खडेरी रहेको आरोप लगाए। उनले आफ्नो अनशन सरकारको बदनियतका कारण अधुरो रहेको बताए। उनले सुशासन र बाँकी कार्यभार पूरा गर्न निरन्तर र फरक रूपमा लड्ने प्रतिबद्धता जनाए।
डा. केसी १६ औं चरणको अनशन बसिरहेकै बेला संसदका दुवै सदनबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएको थियो। विधेयक पारित गर्दा चिकित्सा शिक्षासम्बन्धी उच्चस्तरीय कार्यदलको प्रतिवेदनसँग मेल नखाने प्रावधान राखिएकोमा गम्भीर ध्यानाकर्षण भएको उनले जनाएका छन्।
माथेमा कार्यदलका सदस्यहरूले डा.केसीलाई भेटेर सत्याग्रहको २४ औं दिनमा पुग्दा उनको स्वास्थ्य अवस्था नाजुक भएको भन्दै पुनर्विचार गर्न आग्रह गरेका थिए। यसअघि बिहीबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र शुक्रबार दिउंसो पूर्वराष्ट्रपति डा.रामवरण यादवले उनलाई अनशन तोड्न सुझाव दिएका थिए ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’