पूर्वराष्ट्रपतिले डा.केसीलाई गरे अनशन तोड्न आग्रह
काठमाडौं: पूर्वराष्ट्रपति डा. रामवरण यादवले डा. गोविन्द केसीलाई अनसन तोड्न आग्रह गरेका छन्।
डा केसीको स्वास्थ्य अवस्था बुझ्न त्रिवि शिक्षण अस्पताल पुगेका पूर्वराष्ट्रपति यादवले डा केसीलाई स्वास्थ्य कमजोर भएको भन्दै अनसन तोड्न आग्रह गरेका हुन्।
उनले डा केसीको जीवन रक्षाका लागि सरकारले अनशनको २४ दिन पुगिसक्दा पनि वार्ताको कुनै पहल नगरेकोमा दुःख व्यक्त गर्दै तत्काल वार्ताकाे माध्यमबाट केसीको जीवनरक्षा गर्न सरकारलाई आग्रह समेत गरे। डा केसीले १६ औं चरणको अनशन थालेको आज २४ दिन भएको छ ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य