आन्दाेलन फिर्ता नलिए चिकित्सकहरूलाई कारबाही गर्ने सरकारकाे चेतावनी
काठमाडौं : सरकारले विरोधका सम्पूर्ण कार्यक्रम फिर्ता लिन स्वास्थ्यकर्मीहरूसँग पुनः आग्रह गरेको छ। स्वास्थ्य मन्त्रालयले शुक्रबार विज्ञप्ति निकालेर आन्दाेलन फिर्ता लिन आग्रह गरेकाे हाे।
विरोधका कार्यक्रम स्थगन नगरे आवश्यक सेवा सञ्चालन ऐन २०१४ बमोजिम कारबाही गर्ने चेतावनी मन्त्रालयले दिएको छ।
‘स्वास्थ्यजस्तो जनसरोकार र संवेदनशील मानवीय जीवनसँग प्रत्यक्ष सरोकार राख्ने सेवामा अवरोध हुन नदिन मन्त्रालय गम्भीर रहेको व्यहोरा सम्बन्धित सबैलाई सूचित गरिएको छ’, विज्ञप्तिमा भनिएको छ।
चिकित्सक तथा स्वास्थ्यकर्मीले गरेको विरोधका विभिन्न कार्यक्रमलाई लिएर मन्त्रालयले माघ १४ गते गरेको अपिल पुनः स्मरण गराएको छ।
हेर्नुहाेस् विज्ञप्ति–





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?