Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्यसंस्थामा सुत्केरी हुनेलाई चारहजार आठ सय

स्वास्थ्यसंस्थामा सुत्केरी हुनेलाई चारहजार आठ सय

सुर्खेत : पञ्चपुरी नगरपालिकाले सुत्केरी प्रोत्साहन भत्तामा वृद्धि गरेको छ। सुरक्षित सुत्केरी सेवामार्फत आमा तथा नवजात शिशुको स्वास्थ्य जोगाउन नगरपालिकाले भत्ता बढाउने निर्णय कार्यान्वयनमा ल्याएको हो।

आर्थिक वर्ष २०७४\७५देखि पञ्चपुरी नगरपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई प्रोत्साहन भत्ता थप गर्ने भएको हो । प्रोत्साहन भत्ता दुई हजार वृद्धि भएसँगै स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने गर्भवतीको सङ्ख्या पनि बढेको पाइएको छ ।

नगर स्वास्थ्य शाखाका प्रमुख गङ्गादेव पुरीले गर्भवती भएदेखि नियमित जाँच गराउने, परामर्श लिने, स्वास्थ्य संस्थामै सुत्केरी हुन आउनेको सङ्ख्या बढेको बताए।

उनका अनुसार आर्थिक वर्ष ०७४\७५ मा ६७६ र चालू आवको छ महिना अवधिमा ३०६ स्वास्थ्य संस्थामा सुत्केरी भएका छन्। स्वास्थ्य संस्थामा सुत्केरी हुँदा सुरक्षित पनि हुने र भत्ता पनि बढी पाइने हुँदा कार्यक्रम प्रभावकारी भएको उनले बताए।सङ्घीय सरकारले नियमित गर्भ जाँच गराएवापत रु ८०० र यातायात खर्चवापत  दुई हजार रूपैयाँ दिँदै आएको छ। नगरपालिकाको थप दुई हजारसमेत गरी सुत्केरीले सम्बन्धित स्वास्थ्य संस्थाबाट चार हजार आठ सय रूपैयाँ बुझ्ने गरेका छन्।

गर्भवतीले गर्भ रहेको चार महीनामा पहिलो छ, आठ र नौ महीनामा गरी कम्तीमा चार पटक जाँच गराउनुपर्दछ । सङ्घीय सरकारले एक पटक गर्भ जाँच गराए २०० रूपैयाँ दिने गरेको छ। नगरपालिकाले भने स्वास्थ्य संस्थामा सुत्केरी हुन आएमा एकमुष्ट  दुई हजार रूपैयाँ दिन थालेको छ।

 

थप समाचार