‘सहमति ताेडेर चिकित्सा शिक्षा विधेयक पास’
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले डा. गोविन्द केसीसँग यसअघि गरिएका सम्झौता तोड्दै चिकित्सा शिक्षा विधेयक पास गरेको भन्दै आपत्ति जनाएका छन्।
प्रेस युनियन कास्कीद्वारा आयोजित पत्रकार भेटघाटमा प्रवक्ता शर्माले चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदलको प्रतिवेदन २०७२ को मर्म र भावना तथा अन्य कार्यदलका प्रतिवेदनसमेत लत्याइएको बताए।
एउटा विश्वविद्यालयले पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने भन्ने दफामा पनि डा. केसीसँगको सम्झौता भएको तर त्यसमा समेत सुनुवाइ नभएको प्रवक्ता शर्माले बताए।
२०४६ अघि दुई मेडिकल कलेज भएको देशमा अहिले दुई दर्जन पुगेको भन्दै उनले काठमाडौंमा अहिले मेडिकल कलेज आवश्यक नरहेको तर्क गरे।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?