पूर्वयुवराज पारस आज अस्पतालबाट डिस्चार्ज हुँदै
काठमाडौं : स्वास्थ्यमा सुधार आएपछि पूर्वयुवराज पारस शाह अस्पतालबाट डिस्चार्ज हुँदैछन्।
गम्भीर प्रकारको हृदयाघात भएपछि सोमबार अपराह्न पारसलाई नर्भिक अस्पताल पुर्याइएको थियो। उनको मुटुको कोरोनरी एञ्जियोप्लास्टी गरिनुका साथै स्टेन्ट राखिएको छ।
उनी सामान्य हिँडडुल गर्न सक्ने तथा बोलीचाली गर्न सक्ने अवस्थामा छन्। अहिले उनलाई सीसीयूबाट अस्पतालको निजी क्याबिनमा सारिएको छ। शुक्रबार अपराह्नसम्ममा उनी डिस्चार्ज हुने अस्पतालले जनाएकाे छ।
खानपान तथा जीवनशैलीमा सुधार गर्नुका साथै नियमित औषधि सेवन गरे उनको स्वास्थ्यमा थप सुधार आउने चिकित्सकहरूले बताएका छन्।
पारसलाई २०६३ सालमा पहिलोपटक हृदयाघात भएको थियो। त्यसपछि ०७२ सालमा दोस्राे पटक हृदयाघात भएको हो । उनलाई पटकपटक हृदयाघात हुनुमा वंशाणुगत कारण तथा गलत खानपान नै प्रमुख भएको उपचारमा संलग्न चिकित्सक बताउँछन्।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’