मोतियाविन्दुमुक्त गाउँपालिका बनाउन अभियान
तुलसीपुर : दाङको गढवा गाउँपालिकाले ८९ जनाको मोतियाविन्दु शल्यक्रिया गराएको छ। गाउँपालिकालाई मोतियाविन्दुरहित बनाउने अभियानअन्तर्गत विभिन्न स्थानमा शिविर आयोजना गरी आँखामा देखिएको शल्यक्रिया गरिएको हाे।
नेपाल नेत्रज्योति संघअन्तर्गत सञ्चालित लमही आँखा अस्पतालको प्राविधिक सहयोग र गाउँपालिकाको आर्थिक सहयोगमा शल्यक्रिया गरिएको हाे। । गाउँपालिकामा यस आर्थिक वर्षदेखि मोतियाविन्दुको निःशुल्क शल्यक्रिया तथा उपचार सेवाका लागि अस्पताल र गाउँपालिकाबीच सम्झौता भएको थियो।
आर्थिक वर्ष २०७५\०७६ मा गाउँपालिकामा १२० को आँखामा देखिएको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गर्ने र कम्तीमा एक हजार ५०० को आँखाजाँच गर्ने कार्यतालिका रहेको गाउँपालिकाका अध्यक्ष सहजराम यादवले जानकारी दिए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?