एक करोड ६६ लाखमा स्वास्थ्यचाैकी भवन
बागलुङ : काठेखोला गाउँपालिका–१ पालामा स्वास्थ्य चौकी भवन निर्माण भएको छ। शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले भवन बनाएको हो।
एक करोड ६६ लाख रुपैयाँ लागतमा निर्मित भवन बिहीबार स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको वडा अध्यक्ष खड्क थापाले बताए।
भूकम्प प्रतिरोधी क्षमताको दुईतले भवनमा प्रशासन, उपचार, प्रयोगशाला, प्रसूति, औषधि भण्डार लगायतका कक्ष छन् ।
कर्मचारीको आवास सुविधाका लागि समेत कोठाहरू बनाइएको छ । सुविधासम्पन्न भवन बनेपछि सेवा प्रवाह सहज हुने स्वास्थ्य चौकीका इञ्चार्ज लोकबहादुर थापाले बताए।
यसअघि अस्थायी संरचनाबाट स्वास्थ्य चौकीको सेवा सञ्चालन भइरहेको थियो । आठ लाख रूपैयाँमा जग्गा व्यवस्थापन भएपछि भवन निर्माणको काम अघि बढेको थियो ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?