चिकित्सा शिक्षा विधेयक राष्ट्रिय सभाबाट पनि पारित
काठमाडौं: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधबीच राष्ट्रिय सभाको बिहीबारको बैठकबाट राष्ट्रिय चिकित्सा विधेयक पारित गरिएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले बैठकमा राखेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक२०७५ बहुमतले पारित भएको हो ।राष्ट्रिय सभाबाट पनि पारित भएसँगै संघीय संसद्बाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएको छ।
प्रतिनिधि सभाको माघ ११ गते बसेको बैठकमा पनि प्रमुख प्रतिपक्षीको विरोधका बीच चिकित्सा विधेयक पारित भएकाे थियो ।
संंघीय संसदको दुबै सदनबाट विधेयक पारित भएपछि अव यो विधेयक राष्ट्रपति समक्ष प्रमाणीकरणको लागि जान्छ र राष्ट्रपतिबाट प्रमाणीकरण भए लगत्तै ऐनको रुपमा कार्यान्वनय हुनेछ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?