‘अस्पताललाई नबनाऔँ अनशनस्थल’
काठमाडौं : सरोकारवालाहरूले अस्पताललाई अनशनमुक्त क्षेत्र बनाउनुपर्ने बताएका छन्।
महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा चिकित्सक, प्राध्यापक, नर्स, विद्यार्थी तथा बिरामीका आफन्त सम्मिलित भेलाका सहभागीले अस्पताललाई अनशन बस्ने थलोको रूपमा विकास गर्न नहुने धारणा राखेका हुन्।
कार्यक्रममा मेडिकल क्याम्पसका पूर्वप्रमुख प्रा.डा. रामप्रसाद उप्रेतीले कुनै पनि बहानामा अस्पताललाई संघर्षस्थल बनाउने कार्यलाई निरुत्साहन गर्नुपर्ने बताए।
डाक्टर नै अनशनमा बस्दा अस्पतालको सेवा प्रभावित हुन भन्दै उनले सघर्षका कार्यक्रम बाहिर गर्नुपर्ने धारणा राखे।




नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?