चिकित्सा शिक्षा विधेयकमा कांग्रेसकाे दुईवटा संशोधन
काठमाडाैं : राष्ट्रियसभामा रहेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा प्ररमुख प्रतिपक्षी कांग्रेसले दुईवटा संशोधन दर्ता गरेको छ। सांसद राधेश्याम अधिकारीले बिहीबार संशोधन दर्ता गरेको संसद् सचिवालयले जनाएको छ ।
यस्तै कांग्रेसकै सरिता प्रसाईँ, प्रकाश पन्थ र बद्रीप्रसाद पाण्डेले विधेयकमा संयुक्त रूपमा छुट्टै संशोधन दर्ता गरेका हुन्।
सरकार समर्थक दल राष्ट्रिय जनता पार्टीका सांसद वृषेशचन्द्र लालले बुधबार संसद सचिवालयमा संशोधन दर्ता गराएका छन्। लालले विधेयकको प्रस्तावना दफा १३, १५ र ४६ मा संशोधन दर्ता गराएका हुन् ।
तीन वटै संशोधनमा एउटा विश्वविद्यालयले पाँच भन्दा बढी शिक्षण संस्थालाई सम्बन्धन दिन नपाइने उल्लेख छ ।
यसैबीच कांग्रेसले संघीय संसदका दुवै बैठक अवरोध गने संकेत गरेको छ। बिहीबार सिंहदरबारमा बसेको संसदीय बैठकले यस्ताे संकेत गरेकाे हाे।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?