Health TV Online
Health TV Online
Health TV Online

मेडिकल कलेज स्थापनाका लागि सम्भाव्यता अध्ययन

मेडिकल कलेज स्थापनाका लागि सम्भाव्यता अध्ययन

उदयपुर : जिल्लामा सरकारी मेडिकल कलेज स्थापनाका लागि सम्भाव्यता अध्ययन गरिएको छ। शिक्षा  मन्त्रालयद्वारा गठित कार्यदलले त्रियुगा  र कटारी नगरपालिकाको खुल्ला जग्गामा कलेज स्थापना गर्न सम्भाव्यता अध्ययन गरेको हो।

डाक्टर गोविन्द केसीको १५औँ अनशनकै क्रममा सरकारसँग सम्झौताअनुसार सरकारी कार्यदलले दुई दिनदेखि त्रियुगा नगरपालिका कटारी क्षेत्रको स्थलगत सम्भाव्यता अध्ययन सुरु गरेको स्वास्थ्य विज्ञान प्रतिष्ठानका संयोजक तथा प्राध्यापक मधुसुदन सुवेदीले जानकारी दिए।

कार्यदलमा शिक्षा मन्त्रालयका उपसचिव विष्णुप्रसाद मिश्र र विश्वविद्यालय अनुदान आयोगका योजना अधिकृत विनोद भट्टराईसहित दुवै नगरपालिकाका जनप्रतिनिधिहरूको उपस्थिति थियो।

टोलीले दुवै नगरपालिकामा नगरपालिकाभित्र जग्गाको उपलब्धता, जनसंख्या र स्वास्थ्य, बिरामीको चापबारे दलका नेता, जनप्रतिनिधिलगायतसँग छलफल गरेको जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्गबहादुर दर्नालले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार