मिर्गौला राेगीलाई गाउँपालिकाको २० हजार
म्याग्दी : मालिका गाउँपालिकाले मिर्गौला रोगीको उपचारमा आर्थिक सहयोग गर्ने भएको छ । गाउँपालिकाभित्रका मिर्गौला रोगीको उपचारका लागि २० हजार रुपैयाँ सहयोग गर्ने गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर १ का अध्यक्ष टङ्कप्रसाद पुनमगरले जानकारी दिए।
हालसम्म तीन जना मिर्गौला रोगीले यो सेवा लिएको प्रवक्ता पुनमगरले बताए। मिर्गौला रोगको उपचार जटिल हुने र रोगीको उपचारमा ठूलो आर्थिक खर्चको भार हुने भएकाले उपचारमा आर्थिक सहयोग गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकामगरले बताए।
विशेषगरी गाउँपालिकाभित्रका गरीब तथा विपन्न परिवारका मिर्गौला रोगीलाई लक्ष्य गरी अभियान सञ्चालन गरिएको अध्यक्ष रोकामगरले जानकारी दिए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?