प्रतिपक्षकाे विराेधबीच हाेला त आज राष्ट्रियसभाबाट चिकित्सा शिक्षा विधेयक पारित?
काठमाडौं : सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक बिहीबारको राष्ट्रियसभाबाट पारित गर्ने तयारी गरेको छ।
दिउँसो १ बजे बस्ने बैठकबाट चिकित्सा शिक्षा विधेयक पारित गर्ने कार्यसूची रहेको संसद सचिवालयका सहप्रवक्ता केशव अर्यालले जानकारी दिए।
बिहीबार बस्ने बैठकमाअन्य कार्यसूची हटाएर चिकित्सा शिक्षा विधेयक पारित गर्ने कार्यसूची मात्रै राखिएको अर्यालले बताए।
अवरोधबीच प्रतिनिधिसभा बैठकबाट पारित भएको विधेयक राष्ट्रियसभामा भने रोक्ने कांग्रेसको तयारी छ। प्रतिनिधिसभामा प्रतिपक्षीलाई पेलेर चिकित्सा विधेयकपारित गरेको सत्तापक्ष आज राष्ट्रियसभा बैठकमा पनि पेलेरै अघि बढ्ने मनस्थितिमा छ।
यसअघि प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले लगातार विरोध जनाएपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विधेयकमाथि संशोधन राख्न समय दिएका थिए। तर, संसदको प्रक्रियामा सामेल नहुने भन्दै कांग्रेसले विधेयकमाथि संशोधन हालेको छैन।
विधेयक पारित गर्न नदिने र बैठकमा अवरोध गर्ने विषयमा थप रणनीति तय गर्न कांग्रेसले संसदीय दलको छलफल राखेकाे छ।
कांग्रेसले डा. गोविन्द केसीसँग यसअघि भएका सम्झौता नसमेटेको भन्दै विधेयकको विरोध गर्दै आएको छ। केसी भने २३ दिनदेखि आमरण अनशनमा छन्। डा. केसीको मागमा ऐक्यबद्धता जनाउँदै चिकित्सकहरू पनि आन्दोलनमा छन्।
बिहीबार राष्ट्रियसभामा विधेयक पारित भएमा प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाइने छ। यसपछि विधेयकले ऐनको रूप लिने छ र कानुनको रूपमा लागू हुनेछ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण